Aamsanchar

खोटाङमा १० दिनकी सुत्केरीको ज्यान गयाे

Author Image
मङ्गलवार, कार्तिक २८, २०८०

खोटाङ – खोटाङमा १० दिनकी सुत्केरीको ज्यान गएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल दिक्तेलमा पुर्‍याइएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी जेनिसा शैंजूको ज्यान गएको हो ।

यही कात्तिक १८ गते छोरीलाई जन्म दिएकी शैंजूको सोमवार राति जिल्ला अस्पतालबाट अन्यत्र लैजाने तयारी गर्दागर्दै ज्यान गएको हो । श्वास फेर्न अप्ठ्यारो भएपछि जेनिसालाई सोमवार बिहान जिल्ला अस्पताल लगिएको थियो तर एक्स–रे लगायतका जाँचका क्रममा सामान्य देखिएपछि उहाँ घर फर्किनुभएको थियो । राति पुनः श्वास फेर्न अप्ठ्यारो भएपछि उहाँलाई अटो रिक्सामा राखेर जिल्ला अस्पताल लगिएको थियो । स्वास्थ्यमा जटिल समस्या देखिएपछि स्वास्थ्यकर्मीले अन्यत्र लैजान सुझाव दिएपछि गाडी खोजेर काठमाण्डौ लैजाने तयारी गर्दागर्दै सुत्केरीको ज्यान गएको बाम्राङका वडाध्यक्ष महेन्द्र राईले बताउनुभयो ।

जेनिसा खोटाङ अटोलिङ्क प्रालिमा कार्यरत हुनुहुन्थ्यो । जमेको रगत फोक्सोमा पुगेका कारण श्वासप्रश्वासमा समस्या निम्तिएर सुत्केरीको ज्यान गएको जिल्ला अस्पतालका डा। रमेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सुत्केरीको शरीरमा अक्सिजनको मात्रा घटेर न्यून देखिएको थियो । जेनिसाले जिल्ला अस्पतालमै सामान्य अवस्थामा छोरीलाई जन्म दिनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर