Aamsanchar

भैँसीसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृ*त्यु, एक घाइते

Author Image
बिहिवार, कार्तिक ३०, २०८०

झापा- मोटरसाइकल भैँसीसँग ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ।

झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो।

तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)