Aamsanchar

नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्वकाे रिट सर्वोच्चमा पुग्यो

Author Image
शुक्रवार, मंसिर १, २०८०

काठमाडौं – सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउन गरेको निर्णयविरुद्व सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ। शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्। उनको रिट दर्ता प्रक्रियामा रहेको जनाइएको छ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकले सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। अधिवक्ता त्रिपाठीले टिकटक बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरू विधिको शासनअनुसार हुनुपर्नेमा त्यसो नभएको रिट निवेदनमा उल्लेख गरेका छन्।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पुगिसकेको छन्।

हाल ती रिट अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बनधमा निर्णय हुने घिमिरेले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर