Aamsanchar

उर्लाबारी आगलागी : घाइते २५ मध्ये ६ जनाको अवस्था गम्भीर

Author Image
शुक्रवार, मंसिर १, २०८०

मोरङ- उर्लाबारीमा आगलागी हुँदा घाइते भएकामध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

शुक्रवार घाइतेको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगेका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई उपचारमा खटिएका चिकित्सिकले यस्तो जानकारी गराएका हुन्।

उपचाररत २५ मध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालकी डाक्टर निजिना ताम्राकारले बताइन्। उनले चिकित्सकहरू घाइतेको उपचारमा लागिरहेको बताए।

उनले भने, ‘डढेको विरामीको उपचारमा यति नै समय भन्न सकिँदैन, सबै चिकित्सक काममा लागिरहनुभएको छ। ६ जनाको अवस्था गम्भीर छ।’

मन्त्री लिम्बूले अमेरिकाबाट थप चिकित्सकको टोली मगाएर घाइतेको उपचार गराउने प्रक्रिया शुरु गरिएको बताए। उनले अमेरिकाबाट आइतवारसम्म चिकित्सक आइसक्ने र थप उपचार थाल्ने जानकारी दिए। उनले सरकारले घाइतेको जीवन रक्षाका लागि आवश्यक सबै काम र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए। तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौँ ल्याइएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर