Aamsanchar

टिकटक प्रयोग भइरहेको भए जानकारी गराउन अनुरोध

Author Image
आइतवार, मंसिर ३, २०८०

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकको प्रयोग तथा पहुँच भइरहेको भए जानकारी गराउन अनुरोध गरेको छ ।

प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै टिकटक बन्दपछि पनि कुनै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकले कार्यान्वयन नगरेको भए जानकारी गराउन अनुरोध गरेको हो । प्राधिकरणबाट निर्देशन भइसक्दा पनि निर्देशनको कार्यान्वयन नगरी यदि कुनै इन्टरनेट सेवा प्रदायक वा मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट अझै पनि टिकटकमा पहुँच पुगिरहेको भए वा टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए त्यस्तो कम्पनीको बारेमा जानकारी गराउन अनुरोध गरेको हो ।

गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठकले टिकटकको तत्काल प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर