Aamsanchar

प्रहरीले चिहानबाट युवतीको शव निकालेर परीक्षणका लागि अस्पताल पठायो

Author Image
आइतवार, मंसिर ३, २०८०

सर्लाही – सर्लाहीको हरिवन नगरपालिका–११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको शव प्रहरीले सात दिनपछि चिहानबाट निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ ।

युवतीको मृत्यु शङ्कास्पद देखिएकाले स्थानीय जनप्रतिनिधि र मुस्लिम समुदायका अगुवाको रोहबरमा आज आइतवार बिहान खाल्डोबाट शव निकालिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी)दिपेन्द्र पंजियारले जानकारी दिनुभयो ।

खातुनको कात्तिक २६ गते राति रहस्यमय मृत्यु भएको थियो । खातुनको मृत्यु शङ्कास्पद देखिएको भन्दै प्रहरीले मृतककी सौतेनी आमा सकिना खातुन, मृतककी मामा शेख जिलानी र उनका छोरा शेख असजदलाई पक्राउ गरेर अनुसन्धान गरेको छ । मृतक खातुनको शव परीक्षण गर्ने भनेपछि मृतकका बाबु सेख इर्साद र दाई शेख चाँद फरार भएका छन् ।

यसैबीच चिहानबाट निकालिएको खातुनको शव परीक्षणपछि पुनः मुस्लिम परम्पराअनुसार नै अन्त्येष्टि गरिने सहमति भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर