Aamsanchar

इलाम बस दुर्घटना अपडेट : थप एक जनाकाे मृ*त्यु, अन्य दुईको अबस्था गम्भीर

Author Image
आइतवार, मंसिर ३, २०८०

झापा-  इलामको रोङ गाउँपालिका ३ कोलबुङस्थित मेची राजमार्गमा भएको बस दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ ।

धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने बर्ष ३५ की मनवती लामाको उपचारका क्रममा बीएण्डसी हस्पिटलमा मृत्यु भएको हो । योसंगै मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

यसअघि धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो । ती बालक रुखमा अडकिएका थिए । घाइतेमध्ये अन्य दुई जनाको अबस्था पनि चिन्ताजनक रहेको छ । उनीहरुको भेन्टिलेटरमा उपचार भइरहेको छ । कन्यामबाट झापातर्फ आउँदै गरेको ना ६ ख ८४२४ नम्बरको बस सडकबाट अन्दाजी३०० मिटर तल खस्दा ३४ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर