Aamsanchar

नेपालमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि चिकित्सा शिक्षा स्थापित गर्ने प्रयास भइरहेको प्रधानमन्त्रीको भनाइ

Author Image
सोमवार, मंसिर ४, २०८०

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय रुपमा नेपालमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि हाम्रो चिकित्सा शिक्षा प्रणाली आकर्षणको केन्द्रको रुपमा स्थापित गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल सरकार चिकित्सा शिक्षा आयोग बाह्रौं बैठकमा बोल्नुहुँदै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्रीले मुलुकमा चिकित्सा जनशक्ति उत्पादन र रोजगारी बीचको अन्तरसम्बन्धको आधारमा अध्ययन गर्न चाहने योग्य विद्यार्थीहरुको आकर्षण र देशको स्वास्थ्य सेवा प्रवाह जोडिएको बताउनुभयो ।

‘‘हाल उत्पादन भएका जनशक्तिहरुका लागि सम्मानजनक रोजगारीका अवसर सुजना गर्दै सर्वसुलभ सेवा प्रवाहमा सुधार ल्याउनु र आगामी दिनका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको आँकलनका आधारमा अध्ययनका अवसर वृद्धि गर्दै लैजानु वर्तमान समयमा अपरिहार्य भएको छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘यसका साथै जनशक्ति उत्पादन वृद्धिमात्र नभइ गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डहरुको परिपालन समेत उत्तिकै अनिवार्य रहेको छ ।’’

यसैगरी, उहाँले हाल चिकित्सा शिक्षा क्षेत्रमा तथ्य र प्रमाणमा आधारितभन्दा अपुष्टरुपमा बजारमा ल्याइने काल्पनिक सूचनाले सेवा प्रदायक संस्थाहरु, अभिभावक तथा विद्यार्थीहरु, नियामक निकायहरु र नीति निर्माण तहमा समेत सही निर्णय दिन कठिन भइरहेकोमा आयोगबापट तयार भएको जनशक्ति प्रक्षेपण योजना अनुसार क्रमशः जनशक्ति उत्पादनको आधार तय गर्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)