Aamsanchar

बघिनी मृत फेला

Author Image
सोमवार, मंसिर ४, २०८०

भरतपुर : चितवनमा एउटी मृत बघिनी फेला परेकी छ। भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बघिनी मृत फेला परेकी हो।

अन्दाजी ६-७ वर्षकी बघिनी मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। आपसीमा लडाइँमा उक्त बघिनीको मृत्यु भएको अनुमान गरिएको उनले बताए।

निकुञ्जको प्राविधिक टोलीले बघिनीको मृत शरीर कसरा ल्याएर पोष्टमार्टमको तयारी गरेको छ। सन् २०२२ मा भएको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ रहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)