Aamsanchar

झापा : बिरालो मार्ने भन्दै घरबाट निस्किएका एक जना मृत फेला

Author Image
सोमवार, मंसिर ४, २०८०

विर्तामोड- झापाको कचनकवल–७ बैगुनवारी घर भएका ४१ वर्षीय हरि तामाङले आफैँले खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।

स्थानीय एसबीआई इटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई सोमबार बिहान ८ः३० बजे छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए ।

गएराति अकस्मात् खुकुरी र लाइट लिएर बिरालो मार्ने भन्दै तामाङ घरबाट निस्किनुभएको थियो । उहाँ घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए । उहाँका श्रीमती, एक छोरी र एक छोरा छन् ।

छिमेकीका अनुसार केही महिनादेखि उहाँको मानसिक सन्तुलन ठीक थिएन । घटनासम्बन्धीमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर