




जाजरकोट – चिसोका कारण जाजरकोटमा एक महिने शिशुको ज्यान गएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका-२ का हुकुमबहादुर पुनको एक महिनाकी छोरी निरुताको चिसोले मृत्यु भएको हो ।
पुर्व वडाध्यक्ष कालीबहादुर वलिका अनुसार तीन दिन अघि बिरामी परेकी उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । निमोनियाले ग्रस्त निरुताको उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ ।
चिसोले जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन्। चिसोकै कारण ११ जना दिर्घरोगी र वृद्धवृद्धाको मृत्यु भइसकेको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 59