काठमाडौं – बीबीसीले सन् २०२३ का लागि विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । बीबीसीले प्रत्येक वर्ष यो सूची सार्वजनिक गर्ने गरेको छ ।
यस वर्षको सूचीमा नेपालकी रुक्साना कपाली पनि परेकी छन् । रुक्साना कपालीले आफू हुर्कँदै गर्दा आफ्नो पहिचानका बारेमा पर्याप्त जानकारी नपाएर संघर्ष गरेकी थिइन् ।
त्यसपछि उनी आफैले लैंगिक एवं यौनिक पहिचान गरेकी थिइन् । हाल उनले नेपालमा एलजीबीटीक्यूप्लस मानिसको अधिकारका विषयमा अवाज उठाउँदै आएकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत जानकारी दिने र फरक लैंगिक पहिचान भएका मानिसको अधिकारका मुद्दा उठाउँदै आएकी छन् । हाल कपालीले कानुन विषय अध्ययन गरिरहेको र तेस्रो वर्षमा रहेको बीबीसीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
+1
+1
+1
+1
+1
Views: 133