Aamsanchar

बिर्तामोडकी एक महिला पक्राउ

Author Image
मङ्गलवार, मंसिर ५, २०८०

झापा- बैंकिङ कसुर मुद्दामा बिर्तामोड वडा नं.१ बस्ने ५५ वर्षीया मिना तामाङ पक्राउ परेकी छन् ।

मुद्धा फैसलापछि फरार रहेकी दमक नगरपालिका वडा नं.५ घर भई हाल बिर्तामोड १ बस्ने तामाङलाई जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतवार पक्राउ गरेको हो । उनलाई आज झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ जरिवाना रकम दाखिला गर्न नसकेकोले अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उच्च अदालत बिराटनगर,इलाम इजलासको गत जेठ १० गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा उनलाई २ दिन कैद , रु.२ लाख जरिवाना तथा पीडित राहत कोषमा रु.८ हजार जम्मा गर्नुपर्ने फैसला सुनाइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
1
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर