Aamsanchar

मोरङ आगलागी : थप एक जनाको मृत्यु

Author Image
बिहिवार, मंसिर ७, २०८०

झापा – मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइते भएकामध्ये थप एक जनाको मृत्यु भएको छ।

आगलागीमा परेर गम्भीर घाइते भएका उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहालको गएराति साढे १० बजे मृत्यु भएको कीर्तिपुर वर्न अस्पतालले जनाएको छ।

योसँगै उर्लाबारी आगलागीमा परेर मृत्यु हुनेको संख्या २ पुगेको छ। घाइतेमध्ये उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा गत मंगलबार बिहान कीर्तिपुर वर्न अस्पतालमै मृत्यु भएको थियो।

प्रहरीका अनुसार दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट लक्ष्मी पूजा दिन आगलागी भएको थियो। आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए।

हाल २६ जना उपचाररत छन्। गम्भीर अवस्थाका ७ जनाको कीर्तिपुर वर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगलागीबाट ३ करोड ४१ लाखको क्षति भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर