

काठमाडौं – पहाडी भू–भागमा आंशिक बदली रहीबिहीबार बिहान देशका बाँकी भूभागको मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भेगमा आंशिक बदली रहनेछ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।


काठमाडौंमा भने आज मौसम बदली हुनेछ। दिनभर घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहनेछ।
राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
Views: 106

