Aamsanchar

शनिबारसम्म मौसम सफा रहने

Author Image
मङ्गलवार, फागुन १९, २०८२

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले देशभर आगामी शनिबारसम्म मौसम सामान्यतया सफा रहने जनाएको छ।

मंगलबार मुलुकका केही पहाडी भूभागमा आंशिक बदली देखिए पनि वर्षाको सम्भावना नरहेको विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए।

‘शनिबारसम्मको मौसम सामान्यतः सफा नै छ। आज पहाडी भूभागमा केही बादल लागेको छ। त्यही पनि वर्षा भएको छैन’, उनले भने, ‘यद्यपि ताप्लेजुङ, संखुवासभा, गण्डकी प्रदेशका कास्कीलगायत एकदुई स्थानमा चाहीँ छिटपुट वर्षा हुनसक्ने देखिन्छ । एकदुई स्थानमा यस्तो सम्भावना देखिन्छ । जिल्लाभर चाँही होइन।’

उनका अनुसार कोशी प्रदेशका ताप्लेजुङ र संखुवासभासहित गण्डकी प्रदेशको कास्की जिल्लाका एक-दुई स्थानमा भने छिटपुट वर्षाको सम्भावना छ। तर यी क्षेत्रका सबै भूभागमा वर्षा हुने अवस्था नरहेको उनले बताए।

बुधबार पनि मुलुकका केही पहाडी क्षेत्रमा हल्का बादल लागेपनि उल्लेखनीय मौसमी जोखिम नदेखिएको पौडेलको भनाइ छ। उनले गर्मीयाम शुरु हुँदै जाँदा दिउँसो तापक्रम बढ्ने र बेलुकातिर पहाडी क्षेत्रमा बादल विकसित भई छिटपुट वर्षा हुने मौसमी प्रवृत्ति देखिनसक्ने भए पनि यो साताभर वर्षा तथा हिमपातको कुनै सम्भावना नरहेको बताए।

उनले मौसमी गतिविधिको कारण मतदान प्रक्रियामा कुनै असर नपर्ने समेत स्पष्ट पारे।

Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२