Aamsanchar

मोरङ आगलागी घटना : मृत्यु हुनेको संख्या ३ पुग्याे

Author Image
बिहिवार, मंसिर ७, २०८०

विराटनगर – मोरङको उर्लाबारीमा भएको आगलागी घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ।

बुधबार राति र आज बिहान थप दुई जनाको मृत्यु भएसँगै उर्लाबारीको आगलागीमा परेर मृत्यु हुनेको सख्या ३ पुगेको हो । मोरङ प्रहरीका अनुसार आज बिहान साढे ६ बजे कुमार तामाङ र बुधवार राति हेमकुमार दाहालको उपचारको क्रममा मृत्यु भएको हो।

मोरङ प्रहरी प्रमुख दिपक पोखरेलका अनुसार योसँगै मृत्यु हुनेको संख्या ३ पुगेको छ। उपचारकै क्रममा यसअघि तपन पण्डितको मृत्यु भइसकेको छ। गत कात्तिक २६ गते लक्ष्मीपूजाको राति उर्लाबारी –७ इटहरा रोडमा स्थानीय दीपक कार्कीको सुन पसलमा अचानक आगलागी भएको थियो। आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए।

हाल २२ जना घाइतेहरूको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ। ती मध्ये ६ जनाको आइसीयूमा उपचाररत छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर