अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यका अनुसार परीक्षा नियन्त्रण कार्यालय अगाडिको खुल्ला चौर, गोंगबु चोक, स्वयम्भू, कलङ्की चोक, जावलाखेल, सातदोबाटो, त्रिभुवन विश्वविद्यालय प्रवेश द्वार अगाडि र चाबहिल चोकमा भेला हुने स्थान तय गरिएको छ । त्यहाँबाट जुलुस काठमाडौँको बल्खुमा तोकिएको प्रदर्शन स्थानमा भेला हुनेछ ।
जुलुसमा धार्मिक झण्डा र राष्ट्रिय झण्डाबाहेकका अन्य झण्डाहरु प्रयोग गर्न निषेध गरिएको माण्डव्यको भनाई छ । जुलुसको अग्रस्थानमा धर्मगुरु, ओमकार परिवारलगायतलाई राखेर आम नागरिकहरू पछि लाग्ने उनले जानकारी दिएका छन् ।