![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/InShot_20231123_152804463.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाडौँ – काठमाडौँको बागबजारबाट प्रहरीले हुण्डी र अनलाइन जुवा कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२८ घर भएका ४८ वर्षीय रुपेश श्रेष्ठ छन् ।
आरोपीको साथबाट ९९ लाख २ हजार हुण्डी र अनलाइन जुवाको रकम बरामद गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) नबराज अधिकारीले रातोपाटीलाई बताए । ब्युरोको टोलीले आरोपीतको घर खानतलाली गरेर ८९ लाख ६९ हजार नेपाली रुपैयाँ र ७ हजार २६ अमेरिकी डलर बरामद गरेको हो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
ब्यूरोले उनिबिरुद्ध राष्ट्रबैंक ऐन–२०५८ अन्तर्गतको कसुर गरेको मुद्दामा अनुसन्धान गरिरहेको छ । श्रेष्ठले बिना अनुमति ‘क्यास एप’ लगायतका मोबाइल एप संचालन गरेर हुण्डी, अनलाईन जुवा र क्रिप्टो करेन्सीको कारोबार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 101