Aamsanchar

झापाको एक रबर उद्योगमा आगलागी, ३५ लाख बराबरको क्षति

Author Image
शुक्रवार, मंसिर ८, २०८०

झापा :  मेचीनगर नगरपालिका–१२ स्थित शान्तिराम चिमरियाको रबर उद्योगमा आज विहान आगलागी भएको छ ।

रबर सुकाउने (स्मोक हाउस) मेसिनमा विद्युत सट हुँदा उद्योमा आगलागी भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उद्योगमा आगलागीबाट करिब रु ३५ लाख बराबरको क्षति भएको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

विहान ९ बजे भएको आगलागीबाट उद्योगमा तयारी अवस्थामा रहेको १० मेट्रिक टन रबर, रोलर मेसिन र डेढसय मन धान जलेर नष्ट भएको छ । हाल आगलागी मेचीनगर नगरपालिकाबाट गएको दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा आइसकेको छ । चिमरियाले धाइजन पशुपालन तथा रबर उद्योग सञ्चालन गर्दै आउनुभएको थियो ।

गौरादह–२ का मुक्तिप्रसाद मिश्रको गोठमा पनि आज विहानै आगलागी भएको छ । खोले पकाउने क्रममा अचानक गोठमा सलिएको आगोका कारण एउटा बाछी जलेर मरेको छ भने एउटा गाई घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट रु एक लाख ६० हजारको क्षति भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर