Aamsanchar

जिवित श्रीमान् काे मृत्यू दर्ता गरेर एकल महिलाको भत्ता लिएको आरोपमा २ जना विरुद्ध मुद्दा

Author Image
शुक्रवार, मंसिर ८, २०८०

काठमाडौं –श्रीमान् जीवितै हुँदा पनि निधन भएको भन्दै एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुद्दा दायर हुनेमा रामेछापको मन्थली नगरपालिका वडा नं। ३ का तत्कालीन वडा सचिव शिवकुमार महत्तो र सोही वडाकी निर्मला खत्री छन् ।

खत्रीका श्रीमान्लेनै आफू जिवितै हुँदै मृत्यू दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीले एकल महिला भत्ता खाएको भन्ने उजुरी गरेपछि अख्तियारले छानबिन गरेको थियो ।

छानबिनमा क्रममा महत्तो र खत्रीको मिलेमतोमा नक्कली मृत्यु दर्ता प्रमाण पत्र बनाएर निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्र बनाएको र ४५ हजार २२० रुपैयाँ भत्ता लिएको देखिएकाले उनीहरुलाई त्यो रकम विगो मानी भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर