Aamsanchar

मोरङ आगलागी घटना : मृत्यु हुनेकाे संख्या चार पुग्याे, उर्लाबारी शाेकमा

Author Image
शनिवार, मंसिर ९, २०८०

उर्लाबारी- मोरङको उर्लाबारी शोकमा डुबेको छ । गत कात्तिक २६ गते उर्लाबारी–७ को स्नेहा सुनचाँदी पसलमा मध्यरातमा भएको आगलागी नियन्त्रण प्रयासमा पुगेका स्थानीयहरूको एकपछि अर्कोको ज्यान गएपछि उर्लाबारी शोकमा डुबेको हो ।

आगलागी नियन्त्रण प्रयासमा घाइते भएका चार प्रहरीसहित २८ मध्ये चार जनाको मृत्यु भइसकेको छ । उर्लाबारी–७ का ६८ वर्षीय रुकुमबहादुर कार्कीको उपचारका क्रममा शनिबार बिहान ५ बजे काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । कार्कीको शरीरको ४० प्रतिशत भाग जलेको थियो ।

घरधनी कार्कीको मृत्युसँगै आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । गत मङ्गलबार बिहान उपचारको क्रममा उर्लाबारीका ४३ वर्षीय तपन पण्डित मृत्यु भएको थियो । उहाँको शरीरको ६० प्रतिशत भागमा जलन भएको थियो । त्यस्तै, उर्लाबारीकै ५० वर्षीय हेमकुमार दाहालको पनि बिहीबार बिहान मृत्यु भएको थियो । उहाँको शरीरको ५० प्रतिशत भाग जलेको थियो ।

अर्का घाइते ५० वर्षीय कुमार तामाङको पनि बिहीबार बिहान मृत्यु भएको थियो । तामाङको शरीरको ६५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर