Aamsanchar

माेरङ : सरकारी छाप दस्तखत किर्तेमा संलग्न पाँच जना पक्राउ

Author Image
शनिवार, मंसिर ९, २०८०

मोरङ – सरकारी छाप र दस्तखत किर्ते कसुरमा संलग्न रही फरार रहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । गत कार्तिक २ गते वारदात घटाई फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले रतुवामाई नगरपालिका–४ झुर्कियाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रञ्जन कुमार दाहालले जानकारी दिएका हुन् ।पक्राउ पर्नेमा ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरियादेवि राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, ६३ वर्षीय पैखन लाल राजवंशी र ६४ वर्षीय कन्हारु लाल केवरत छन् । उनीहरुविरुद्ध रतुवामाई नगरपालिका–३ का वडाध्यक्ष देवीलाल तेजपुरियाले जाहेरी दिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर