Aamsanchar

अधेरी झर्ना नजिकै स्कुल बस दुर्घटना हुँदा चालकसहित तीन जनाकाे मृ*त्यु, ३९ जना घाइते

Author Image
शनिवार, मंसिर ९, २०८०

उदयपुर – उदयपुरमा स्कुल बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ। अधेरी झर्ना नजिकै दुर्घटनामा परी त्रियुगा नगरपालिका-५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा ६ का ७ वर्षीया सम्या चौधरी र ६ वर्षीय विकाश चौधरीको मृत्यु भएको हो।

शनिबार उदयपुरगढी गाउँपालिका-७ मा अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको प्र-०५-००१ ख ००४४ नम्बरको बसमा सवार उनीहरूको ज्यान गएको हो। उनीहरू पिकनिक खाएर फर्कदै गरेका थिए।

दुर्घटनामा ३९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए। उनका अनुसार गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ।

बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। स्कुल बस चालकले गाउँको पिकनिकका लागि भाडामा लगेको खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको डीएसपी चौधरीले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर