Aamsanchar

मिलनचोकमा कल्भर्टमुनि भेटिएकाे महिला र पुरुषको शव पहिचान हुन सकेन

Author Image
आइतवार, मंसिर १०, २०८०

चितवन – भरतपुर महानगरपालिका–१२ मिलनचोकमा मृत भेटिएका दुई व्यक्तिको शवको अझै पहिचान हुन सकेको छैन ।

यही मङ्सिर ६ गते बुधबार दिनको १२ बजे मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्ग सडक खण्डको कल्भर्टमुनि शङ्कास्पद रुपमा एक महिला र एक पुरुषको शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ७७ वटै जिल्लालगायत सीमावर्ती भारतीय जिल्लामासमेत हुलिया परिपत्र गर्दा मृतकको सनाखत हुन नसकेको हो ।

सनाखत हुननसकेका शव कल्भटमुनि दुईवटा बोरामा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो । शव पोस्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर