Aamsanchar

प्रहरीको क्यान्टिनमा राखिएको मिनिरल वाटरको बोत्तलमा किरा भेटिएपछी….

Author Image
सोमवार, मंसिर ११, २०८०

काठमाडौं – काठमाडौंस्थित नेपाल प्रहरी वृत्त महाराजगञ्जको क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा किरा भेटिएको छ । किरा भेटिएसँगै पानी उत्पादक कम्पनी एएण्डबी वेभरेज प्रालिलाई काठमाडौं महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना तिराएको छ । क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोत्तलमा किरा भेटिएपछि प्रहरीले आइतबार सो कम्पनीविरूद्ध काठमाडौं महानगरमा उजुरी दिएको थियो ।

‘हिजो उहाँहरुको निवेदन हामीलाई परेपछि बोत्तल सहित चेकजाँच गर्दा माकुरा भेटेको थियौं, त्यसपछि महानगरको अनुमगन समितिले कारबाही गरेको हो,’ बजार अनुगमन समितिकी निरीक्षण अधिकृत डा. पुजा खनालले भनिन् ।

कागेश्वरी मनोहरा नगरपालिका–६ को ठेगाना रहेको एएण्डबी वेभरेज प्रालिलाई महानगरले अब अर्कोपटक सोही अवस्था फेला परेमा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ । यस्तै पानी बोत्तलमा भर्नु अगाडि बोत्तल अनिवार्य रुपमा निर्मलीकरण गर्नुपर्ने, समय समयमा पानीको ल्याब परीक्षण गर्नुपर्ने निर्देशन महानगरले दिएको छ । प्रालिलाई महानगरले ढुवानी कर्तालाई पनि निर्देशन उपलब्ध गराउन भनेको छ । यस अघि पनि महानगरले पानीको जार कम्पनीलाई पटक पटक कारबाही गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर