Aamsanchar

मोरङ आगलागी घटना : मृत्यु हुनेकाे संख्या पाँच पुग्याे

Author Image
मङ्गलवार, मंसिर १२, २०८०

विराटनगर – मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ ।कात्तिक २६ गते लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइते भएका ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा सोमबार राति मृत्यु भएको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका घर भइ उर्लाबारी–७ मा बस्दै आएका मरिताको राति ११स्३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आगो नियन्त्रणमा लिने क्रममा गम्भीर घाइते भएका उनको कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको थियो । घटनामा परेर घाइते भएकामध्ये उर्लाबारी–७ का ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल, ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डितको यसअघि नै मृत्यु भइसकेको छ ।

दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट लक्ष्मी पूजाको राति १०:३० बजेतिर लागेको आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए । गम्भीर घाइतेको कीर्तिपुर वर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको डीएसपी दाहालले बताए । उनका अनुसार आगलागीबाट ३ करोड ४१ लाखको क्षति भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर