Aamsanchar

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर १५ वर्षीय किशोरको मृ*त्यु

Author Image
मङ्गलवार, मंसिर १२, २०८०

महोत्तरी –महोत्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । जलेश्वर नगरपालिका-१२ थरुवाहीस्थित मामाघर आएका धनुषा जनकपुर उपमहानगरपालिका-७ बस्ने रामेश्वर महतोको छोरा १५ वर्षीय रोहित महतोको करेन्ट लागेर  मृत्यु भएको हो ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर