Aamsanchar

अजिङ्गर फेला

Author Image
मङ्गलवार, मंसिर १२, २०८०

दमौली – तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सीमा आज (मंगलवार) अजिङ्गर फेला परेको छ। स्थानीयले करिब ४ मिटर लामो अजिङ्गर फेला पारेका हुन्।

स्थानीयले उक्त अजिङ्गर डिभिजन वन कार्यालय तनहुँमा बुझाएका छन्। डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत काशीराज पण्डितले अजिङ्गरलाई वन कार्यालयमा सुरक्षित राखिएको जानकारी दिए।

घाइते अवस्थामा रहेको अजिङ्गरलाई सुरक्षित स्थानमा छाडिने उनले बताए। उनले भने, ‘अजिङ्गरको ढाडमा चोट छ। केही दिनमा उक्त अजिङ्गरलाई सुरक्षित स्थानमा छाड्छौँ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर