![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/InShot_20231113_162901928-1.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
काठमाण्डौ – नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेकोबारे २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म त्यसको जानकारी नआएकाले २४ घण्टा भित्र जानकारी दिन प्राधिकरणले निर्देशन दिएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले आज सार्वजनिक सूचना निकालेर २४ घण्टा भित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए नभएको बारे जानकारी दिन र यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ । टिकटक बन्द गराउन गएको कात्तिक २८ गते र मंसिर २ गते सार्वजनिक सूचना निकालिसकेकाले अबको २४ घण्टा भित्र जवाफ पेश गर्न प्राधिकरणले निर्देशन दिएको हो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
गएको कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले सामाजिक सदभाव बिग्रिन थालेको भन्दै टिकटकको प्रयोगलाई बन्द गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै प्राधिकरणले तत्काल टिकटक बन्द गर्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो । तर, त्यस पछि पनि केही सेवा प्रदायक कम्पनीले निर्देशन कार्यान्वयन नगरेको भन्दै प्राधिकरणले कारबाही गर्ने चेतावनी दिएको हो ।