Aamsanchar

पासोमा परेर चितुवा म*र्‍यो

Author Image
बुधवार, मंसिर १३, २०८०

अर्घाखाँची – अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मरेको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीको जङ्गलमा चितुवा पासोमा परेको थियो । पासोमा परेको चितुवा बाँके राष्ट्रिय निकुञ्ज लैजाने क्रममा बाटोमा मरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका डिभिजन वन अधिकृत इश्वरी पौडेलले बताउनुभयो ।

पासोमा चितुवा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डिभिजन वन कार्यालय अर्घाखाँचीको पहलमा सुरक्षाकर्मी र स्थानीयबाट घाइते अवस्थामा फेला परेको चितुवा उद्धार गरी बाँके राष्ट्रिय निकुञ्ज लैजाने क्रममा शितगंगा नगरपालिकाको डोहोटे नजिकै मरेको हो ।

मरेको चितुवा ५९ इन्च लामो, ३३ इन्च अग्लो तथा झन्डै ३१ केजीको भाले रहेको डिभिजन वन अधिकृत पौडेलले बताउनुभयो । तर, जङ्गलमा पासो कस्ले थापेको भने जानकारीमा नआएको र यस बारेमा खोजी भइरहेको पनि पौडेलले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर