Aamsanchar

श्रीमतीको ह*त्या गरि श*व भारत लैजाने प*क्राउ

Author Image
बुधवार, मंसिर १३, २०८०

काठमाडौं – यही मंसिर ८ गते राति ८ बजेको समयमा सिरहा नगरपालिकामा एक व्यक्तिले श्रीमतीलाई कुटपिट गरी भारततर्फ लगेको गोप्य सूचना जिल्ला प्रहरी कार्यालय सिरहामा पुग्यो ।

मंसिर ७ गते राति करिब १० बजेको समयमा सिरहा नगरपालिका १५ सुखचैनाका ४० वर्षीय देवेन्द्र यादवले श्रीमती ३० वर्षकी संजिता कुमारी यादवलाई मरणासन्न हुने गरी कुटेका थिए । उनले उपचारको लागि भन्दै मरणासन्न अवस्थामा भारतको जयनगरतर्फ लगेको सूचना प्रहरीले भोलिपल्ट (मंसिर ८ गते) मात्रै पाएको थियो ।

सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले देवेन्द्रको खोजी गरेको थियो। प्रहरीले खोजीकार्यलाई तीब्र पारेपछि देवेन्द्रलाई मंसिर ९ गते दिउँसो माडर–खिरौना बोर्डर आसपासबाट पक्राउ गर्न सफल भएको सिरहाका प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए।

सोही नगरपालिका वडा नम्बर १७ स्थित बोर्डर आसपासमा लुकीछिपी हिँडिरहेको अवस्थामा यादव पक्राउ परे। तर उपचारको लागि भन्दै साथमा लिएर हिँडेको श्रीमती संजिता साथमा थिइनन्।

अनुसन्धानका क्रममा देवेन्द्रले श्रीमतीको हत्या गरि भारतको झाडीमा फालेको खुल्न आएको डिएसपी पाण्डेले बताए। उनका अनुसार देवेन्द्रले ७ गते राति श्रीमती संजितालाई आफ्नै घरमा इट्टा र बाँसको भाटाले कुटपिट गरि हत्या गरेका थिए। कुटपिटबाट श्रीमतीको मृत्यु भएपछि देवेन्द्रले संजिताको शवलाई लिएर उपचारको लागि भन्दै भारतर्फ गएको प्रहरीले जनाएको छ ।

सोधपुछको क्रममा देवेन्द्रले संजिताको शवलाई नेपालको सिमाक्षेत्रबाट करिब ३७ किलोमिटर भित्र पर्ने भारतको मधुवनी जिल्लाको सलरास्थित झाडीमा फालेको बयान दिएका थिए ।

उनको बयानकै आधारमा भारतीय प्रहरीसँगको समन्वयमा प्रहरी टोली परिचालन गरि शव खोजतलास गर्दा भारतको खजोलीथाना अन्तर्गतको क्षेत्र सलरास्थित झाडीमा फेला परेको डिएसपी पाण्डेले जानकारी दिए।

उनका अनुसार भारतीय प्रहरीसँग समन्वय गरी संजिताको शव कानुनी प्रक्रिया पुरा गरी झिकाइएको छ । संजिताको शव उनका आफन्तले बुझिसकेका छन् ।
प्रारम्भिक अनुसन्धानको क्रममा घरायसी विवादको क्रममा देवेन्द्रले संजितालाई कुटपिट गरेको खुल्न आएको बताउँदै डिएसपी पाण्डेले थप अनुसन्धान भइरहेको बताए।

श्रीमतीको हत्या गर्ने देवेन्द्रलाई भने जिल्ला अदालत सिरहाबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीमाथि मंसिर ९ गतेबाट लागू हुने गरी १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर