Aamsanchar

नेपालमा पहिलो पटक समलिंगीको विवाह दर्ता

Author Image
बुधवार, मंसिर १३, २०८०

काठमाडौं – नेपालमा पहिलो पटक समलिंगीको विवाह दर्ता भएको छ।लमजुङ दोर्दी गाउँपालिका-२ का रामबहादुर गुरूङले नवलपरासी कावासेती नगरपालिका-८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दर्ता भएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए।

दोर्दी गाउँपालिकामा उक्त विवाह दर्ता भएको हो।

यसअघि समलिंगी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने विषयमा राय माग गर्दै पिंकी गुरूङ भन्ने संजिव गुरूङसमेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमा सर्वोच्चले समलिंगी विवाह दर्ता गरी अस्थायी अभिलेख राख्न अन्तरिम आदेश जारी गरेको थियो।

राष्ट्रिय पञ्जिकरण विभागले पनि गाउँपालिकालाई उक्त आदेश अनुसार विवाह दर्ता गर्न पत्र लेखेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर