Aamsanchar

विपिन जोशीलाई विना सर्त रिहा गर्न अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय

Author Image
बिहिवार, मंसिर १४, २०८०

काठमाण्डौ – अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई विना सर्त रिहा गर्न अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय गरेको छ । आज बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिले विपिन जोशीलाई विना सर्त रिहा गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै समिति सभापति राजकिशोर यादवले विपिनको विना सर्त अविलम्ब रिहाइका लागि हमासलगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय भएको बताउनुभयो । उहाँले नेपाल कुनै पनि पक्षधरता देश नरहेको र जहिले पनि शान्तिको वकालत गर्ने भएकाले नेपालीलाई कुनै पनि कारणविना बन्धक बनाइन नहुने बताउनुभयो ।

सभापति जोशीले भन्नुभयो, ‘हमासले इजरायलमा आक्रमण गर्दा विपिन जोशीलाई बन्धक बनाएको भन्ने छ तर अहिलेसम्म जानकारी छैन । विपिन जोशीको विना सर्त अविलम्ब रिहाइका लागि हमासलगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय गरेका छौँ । नेपाल कुनै पनि पक्षधरता देश नरहेको र हामी जहिले पनि शान्तिको वकालत गर्ने भएकाले हाम्रा नागरिकलाई कुनै पनि कारणविना यसरी बन्धक बनाइनु हुँदैन ।’

यस्तै बैठकले समितिको छ महिनाको भावी कार्ययोजना र समितिको कार्य प्राथमिकीकरणका लागि नौ सदस्यीय कार्यदल गठन गरेको सभापति जोशीले बताउनुभयो । कार्यदलले समितिको प्राथमिकीकरण कुन विषयलाई कहिले टुङ्ग्याउने भन्ने निष्कर्ष निकाल्ने उहाँको भनाइ छ । कार्यदलका संयोजक राजकिशोर यादवसहित सदस्यमा उदयशमशेर जबरा, एकनाथ ढकाल, छिरिङ यामु लामा, देवीप्रकाश भट्टचन, डा। धवलशमशेर जबरा, प्रेम सुवाल, शिशिर खनाल, सम्झना थपलिया हुनुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर