Aamsanchar

ड्युटीको समयमा प्रहरीले मोबाइल फोन चलाउन नपाइने

Author Image
बिहिवार, मंसिर १४, २०८०

वीरेन्द्रनगर – कर्णाली प्रदेशभित्र कार्यरत नेपाल प्रहरीले ड्युटीको समयमा मोबाइल फोन चलाउने नपाइने भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयले बिहीबारदेखि ड्युटीको समयमा प्रहरीले मोबाइल फोन चलाउन नपाइने नियम लागु गरेको हो।

कर्णाली प्रदेश र मातहतका प्रहरी कर्मचारीहरूले आफूले ड्युटी गरिरहेको बखत मोबाइल फोन चलाउन नपाउने गरी व्यवस्था मिलाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले बताए।

तर, आफ्नो टिमको कमाण्डरको हकमा भने यो नियम लागु हुने छैन। उनका अनुसार ड्युटी टिममा रहेका कर्मचारीलाई जरुरी भएमा कमाण्डरको फोनमार्फत सहजीकरण गरिने छ।

 

सुरक्षा जस्तो संवेदनशील कार्यमा खटिएको कर्मचारीले एक चित्त लगाएर आफ्नो जिम्मेवारी क्षेत्र र विषयमा मात्र ध्यान केन्द्रित गरून्, ड्युटीको समयमा आफ्नो जिम्मेवारी क्षेत्र भित्र प्रभावकारी निगरानी राखून् र आम नागरिकलाई प्रभावकारी रूपमा सुरक्षा अनुभूति दिलाउन् सकियोस भन्ने उद्देश्यले यो व्यवस्था सुरु गरिएको हो,´ प्रहरी नायव महानिरीक्षक ढकालले भने।

यसरी मोबाइल नचलाएर प्रहरीले ड्युटी गर्दा सुरक्षा निगरानी प्रभावकारी हुने, अपराध भएमा तत्काल अनुसन्धान सफल हुने, सामाजिक सञ्जालको दुरुपयोग हुनबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने, प्रहरी कर्मचारी स्वयंको पनि मोबाइल खर्च बचत हुनुका साथै प्रहरीप्रति नागरिकको विश्वास पनि बढ्ने अपेक्षा गरिएको छ।

डीआईजी ढकालले भने, ´यसरी ड्युटीको समयमा मोबाइल नचलाउनरनबोक्नका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयले मातहतका सबै जिल्ला, गण, तालिम केन्द्र, इलाका, चौकीसम्म परिपत्र गरेको छ। यस विषयमा प्रदेशले प्रभावकारी रूपमा ब्रिफिङ र अनुगमन गर्ने व्यवस्था पनि मिलाइएको जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर