Aamsanchar

मोरङमा एक मालबाहक ट्रकले पाँचवटा सवारी साधानलाई ठक्कर दियाे

Author Image
बिहिवार, मंसिर १४, २०८०

विराटनगर –मोरङको उर्लाबारीमा एक मालबाहक ट्रकले पाँचवटा सवारी साधानलाई ठक्कर दिएको छ । घटनामा एकजना घाइते भएका छन् ।

बिहीबार दिउँसो अनियन्त्रित भएको मालबाहक ट्रकले उर्लाबारी चोकदेखि उत्तर मधुमल्ला रोडसम्म पाँचवटा सवारी साधनलाई ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले दिएको जानकारीअनुसार मधुमल्ला रोडमा ना ३ ख ४०७८ नम्बरको मालबाहक ट्रक अनियन्त्रित भएको थिाये । जसले पार्किङमा रहेका दुई मोटरसाइकल, दुईवटा अटोरिक्सा र एउटा पिकअप भ्यानलाई ठक्कर दिएको थियो ।

ट्रकलाई सहचालक योगेन्द्र थापाले चलाएको र उनलाई नियन्त्रणमा लिइएको दासले बताए ।

उनले भने, “ठक्करबाट अटोरिक्सा चालक ४० वर्षीय तिलक बोहोरा सामान्य घाइते भएका छन् ।”घटनाबारे अनुसन्धान सुरु गरिएको दासले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर