Aamsanchar

बिर्तामोड नगर क्षेत्रका तीनजना शिक्षक सम्मानित

Author Image
शुक्रवार, मंसिर १५, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगरका ३ जना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरेको छ । शिक्षा दिवसमा प्रदान गरिदै आएको सो पुरस्कार शिक्षक आन्दोलनका कारण रोकिएको थियो ।
नगरपालिकाले आज बिहीबार एक कार्यक्रमको आयोजना गर्दै बिहीवार नगर क्षेत्रका तीन जना शिक्षकलाई पुरस्कार प्रदान गरेको हो । उत्कृष्ट शिक्षक प्राप्त गर्नेहरुमा मावि तर्फको दुर्गा मावि गरामनीका लक्ष्मण शिवाकोटी, आधारभूत तर्फ मोहनमाया माविका भेषराज चौलागाईँ र प्राथमिक तर्फ जनता प्राविका डिल्लीरमण भट्टराई रहेका छन् । उत्कृष्ट शिक्षकहरूलाई नगद ५०र५० हजार र सम्मानपत्रसहित पुरस्कृत गरिएको थियो ।

नगरले दोस्रो पटक यस प्रकारको पुरस्कार वितरण गरेको छ । नगरपालिकाले उत्कृष्ट शिक्षक छनौटका लागि आवेदन माग गरेको थियो । आवेदनका आधारमा नगरले उत्कृष्ट शिक्षक छनौट गरी पुरस्कृत गरेको शिक्षा शाखाका अधिकृत केशर खवासले जानकारी दिनुभयो । अघिल्लो वर्ष शेरबहादुर श्रेष्ठ, जनक थापा र श्याम दाहालले उक्त पुरस्कार प्राप्त गरेका थिए ।
यस्तै, नगरस्तरीय कक्षा ८ को परीक्षामा उत्कृष्ट जिपिए ल्याउने दुई जना विद्यार्थीहरूलाई १५र१५ हजार नगदसहित पुरस्कृत गरिएको छ । महेन्द्ररत्न माविकी छात्रा विद्या दाहाल र मोहनमाया माविकी छात्रा एलिना तिम्सिनालाई पुरस्कृत गरिएको हो।

सोही कार्यक्रममा २०७९ मा शिक्षण पेशाबाट सेवा निवृत्त भएका ११ जना शिक्षकहरूलाई सम्मानपत्रसँगै दोसल्ला ओढाएर मायाको चिनोसहित बिदाई गरिएको छ । बिदाई हुने शिक्षकहरूमा तोयानाथ काफ्ले सरस्वती मावि, कृष्ण प्रसाद पाठक दुर्गा मावि, देवी प्रसाद पराजुली दुर्गा मावि, विरेन्द्र प्र। बुढाथोकी सहिद लक्ष्मी प्रावि, नरेन्द्र प्रसाद गुरुङ्ग चमरधाप प्रावि, कृष्ण प्रसाद रिजाल वीर अमरसिंह मावि, रघुनाथ पौडेल महेन्द्र रत्न मावि, रवीन कुमार शर्मा महेन्द्र रत्न मावि, दिल कुमार मुखिया महेन्द्र रत्न मावि, कृष्ण सुवेदी निराकार शुक्रराज मा.वि. र प्रेम बहादुर लिम्बू महेन्द्रज्योति मावि रहेका छन् ।

कार्यक्रममा स्थानीय तहको पाठ्यक्रम आचरण सचेतना शिक्षा निर्माण समितिका पदाधिकारी युवराज पाण्डे, डम्बर बहादुर बस्नेत, मोहन ओली, युवराज कट्टेल, टङ्क सेढाईं, श्याम दाहाल, लीला भण्डारी, भोजराज दाहाल, उमा भण्डारी, देवेन्द्र हुमागाईँ, टीका पोख्रेल, तिलचन भण्डारी, दिनेश प्र. आचार्य र केशर बहादुर खवासलाई सम्मान गरिएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईँ, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले पुरस्कृत एवम् सम्मानित हुनेहरूलाई अबिर लगाएर सम्मान पत्र प्रदान गर्नु भयो ।
कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख प्रसाईँले नगरपालिका शिक्षा क्षेत्रको विकासका लागि सधैँ सजग रहेको बताउनु भयो । उहांले शिक्षा क्षेत्रको प्रगतिका लागि शिक्षकहरूलाई उत्प्रेरणा प्रदान गर्न आवश्यक रहेको बताउनु भयो। नगर प्रमुख प्रसाईँले आगामी दिनमा निजी र सामुदायिक दुवै क्षेत्रका उत्कृष्ट शिक्षकहरूलाई सम्मान गर्ने घोषणासमेत गर्नु भयो ।

सामाजिक विकास समिति संयोजक यमुना आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्यहरू सीता ढुंगाना, तिला गौतम, निर्मला सुनुवार, एमाले नेता देवराज कार्की, नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराई, विभिन्न विद्यालयका प्रअ, शिक्षक गुरुभक्त न्यौपाने, छन्दुराम भण्डारी, योगेन्द्रमणि दाहाल लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)