Aamsanchar

आजकाे माैसम

Author Image
शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं – काठमाडौंको न्यूनतम तापक्रम बिहान ९।५ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो अधिकतम तापक्रम १९ देखि २१ सम्म पुग्ने अनुमान गरिएको मौसमविद् सरोज पुडासैनीले बताए।

आजदेखि देशका अधिकांश भूभागको मौसम क्रमशः खुल्दै जाने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका एक दुई स्थानमा भने हल्का बदली रहने नै छ।

काठमाडौं उपत्यकामा दिउँसो आशिंक बदली रहे पनि हिजोअस्तिको जस्तो धुम्म रहने छैन। शनिबार पनि मौसम सफा रहने पूर्वानुमान गरिएको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए।

आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर