![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/12/InShot_20231201_114736603.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले राहदानी (इ–पासपोर्ट)को अनलाइन फारम निःशुल्क भरिदिन थालेको छ । प्रशासन कार्यालयले राहदानी बनाउन आउने सेवाग्राहीको अनलाइन फारम निःशुल्क रूपमा भरिदिन थालेको हो ।
प्रशासन कार्यालयबाट नै राहदानी बनाउन आउने सेवाग्राहीको अनलाइन फारम निःशुल्क भरिदिने व्यवस्था मिलाएसँगै बिहीबारदेखि सेवा सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले जानकारी दिनुभयो । हाल निमित्त प्रमुख जिल्ला अधिकारीसमेत रहनुभएका भट्टराईले सेवाग्राहीको सहजताका लागि प्रशासन कार्यालयले राहदानी अनलाइन फारम निःशुल्क रूपमा भरिदिन थालेका बताउनुभयो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
उहाँका अनुसार प्रशासन कार्यालयले राहदानीको अनलाइन फारम निःशुल्क भरिदिने व्यवस्था गरेसँगै सेवाग्राहीले बिहीबारदेखि नै सेवा प्राप्त गर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी एवम् सेवाग्राहीमैत्री बनाउने उद्देश्यले सेवाग्राही आफैँले भरी पेस गर्नुपर्ने राहदानीको फाराम निःशुल्क भरिदिने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको सेवाले प्रशासन र सेवाग्राहीबिचको सम्बन्ध निकट बनाउने अपेक्षा गरिएको छ । कात्तिक अन्तिम साता मात्र ताप्लेजुङ सरुवा भई आउनुभएकी प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले प्रशासन कार्यालयबाटै राहदानीको फारम निःशुल्क भरिदिने व्यवस्था मिलाउने बताउनुभएको थियो । यसअघि सेवाग्राहीले फोटो पसल तथा साइबर केन्द्रहरूमा शुल्क तिरेर राहदानीको अनलाइन फारम भर्दैआएका थिए ।