Aamsanchar

झापाको जलथलमा हात्तीको आक्रमणमा परि वन हेरालुको मृ*त्यु 

Author Image
शुक्रवार, मंसिर १५, २०८०

झापा । जंगली हात्तीको आक्रमणबाट एकजना व्यक्तिको मृत्यु । हल्दीबारी गाउँपालिका –३ का अन्दाजी ५० वर्षीय धनबहादुर वनको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।

रणकाली सामुदायिक वन जलथलका चौकीदार काम गर्दे आएका वनलाई आज शुक्रबार बिहान करिब ९ बजेको समयमा हात्तीले आक्रमण गरेको स्थानीयको भनाई छ ।

धनबहादुर सामुदायिक वनमा रेखदेखको लागि गएका थिए । सोही बेला जंगली हात्तीले लछारपछार गर्दै उनलाई कुल्चिएर पछि धनबहादुरको मृत्यु भएको हुनसक्ने घटना स्थल अवस्थाले देखाएको  मुचुल्का गर्न गएका एक प्रहरीले आमसंचारलाई बताए ।

धनबहादुरको शव  स्थानीयले बिहान १० बजेर ५० मिनेटमा देखेपछि तत्काल प्रहरी चौकी जलथललाई खबर गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइ सकेको छ ।   

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर