Aamsanchar

सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा काठमाडौँबाट एक युवक पक्राउ

Author Image
शुक्रवार, मंसिर १५, २०८०

काठमाडौँ – सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा काठमाडौँबाट एक युवक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–३२ स्थित नाककाट्य मन्दिर नजिक सडकबाट सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा बारा सिमरा नगरपालिका–१४ घर भएका ठमेल बस्ने २३ वर्षीय रोहन शाहलाई प्रहरीले पक्राउ गरेको हो ।

शाहले सोही महानगरपालिका–३२ नाककाट्य मन्दिर नजिक सडकमा हिँडिरहेकी २२ वर्षीया युवतीको सुनको सिक्री लुटपाट गरेका थिए । लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई लुटी लगेको सिक्रीसहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर