Aamsanchar

क्रोएसिया पठाइदिने भन्दै २ लाख ठगी गर्ने पक्राउ

Author Image
शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं- क्रोएसिया पठाइदिने भन्दै २ लाख ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका-६ घर भई हाल ललितपुरको महालकक्ष्मी नगरपालिका-९ लुभु बस्दै आएकी ४६ वर्षीया भवानी बोहोरा रहेका छन्।

बोहराले बाबुराम कार्कीलाई क्रोएसियामा १ लाख २० लाख तलब हुने भन्दै २ लाख लिएका थिए। रकम लिएपछि फरार भएपछि उनीविरुद्ध मुद्दा परेको थियो।
उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई लुभुबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर