![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/12/InShot_20231202_114752317.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाडौं- रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका र ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७ ७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको हो।
बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिने बसमा स्थानीयले आगो लगाइदिएका छन्। यस्तै, बीरगञ्जमा ना ८ ख ४८६१ नम्बरको बसले किच्दा सर्लाही रामनगर गाउँपालिका ६ सिसवाका ३५ वर्षीय अभय झाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका१७ अलौस्थित तिलावे पुल नजिकै वीरगञ्जबाट पोखरियातर्फ गइरहेको बा ७४ प ४५२८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ना ३५ प ६४०० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा बा ७४ प ४५२८ नम्बरको मोटरसाइकलमा सवार झालाई बसले किच्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)