Aamsanchar

लमहीमा गाडीको ठक्करबाट साइकल यात्रीको मृ*त्यु

Author Image
शनिवार, मंसिर १६, २०८०

दाङ – दाङको लमहीमा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । शुक्रबार बेलुका पश्चिमबाट पूर्व जाँदै गरेको रा१ख २१७३ नंको हाइसले लमही नगरपालिका–७ पदमिनीखोलामा साइकल यात्रीलाई ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका लमही नगरपालिका–७ नयाँबस्ती निवासी ५२ वर्षीय भगत चौधरीको उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते चौधरीलाई लमही अस्पतालमा सामान्य उपचारपश्चात् नेपालगञ्ज पठाइएको थियो । टाउकामा गम्भीर चोट लागेका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर