Aamsanchar

धरान–धनकुटा सडक खण्ड अवरुद्ध, खुलाउने प्रयास जारी

Author Image
आइतवार, मंसिर १७, २०८०

धनकुटा – कोशी राजमार्ग अनतरगत धरान–धनकुटा सडक खण्ड अवरुद्ध भएको छ। शनिबार बेलुका करिव ८ बजे कोशी राजमार्ग अन्तरगत साँगुरीगढी गाउँपालिका-६ कोलवोटेमा टिपर पल्टिएर सडक ढाकेपछि सडक अवरुद्ध बनेको हो।

अहिले दुई वटा क्रेन ल्याएर दुर्घटनामा रहेको टिपर हटाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी दिपक खड्काले बताए। सडक खुल्न अझै केही घण्टा लाग्ने उनले बताए। सडक अवरुद्ध हुँदा सो स्थानमा अहिले दर्जनौं सवारी साधन रोकिएर बसेका छन्।

शनिबार बेलुका ओरालो बाटोमा ब्रेक फेल भएको टिपरले स्कारपियोलाई ठक्कर दिएर पल्टिएको थियो।

 

प्रदेश २–०३-००१ क १५२१ नम्बरको टिपर ब्रेक फेल भएर र अर्को नम्बर नखुलेको टिपरसँग ठोकिएर सडकमा पल्टँदा सँगै रहेको पूर्वराज्यमन्त्री एवं संखुवासभाका प्रतिनिधि सभा सदस्य दीपक खड्का सवार गाडीलाई शनिबार साँझ ठक्कर दिएको थियो। दुर्घटनामा एक जना घाइते भएका छन् भने टिपर पल्टिएर सडक ढाक्दा कोशी राजमार्गको भेडेटार–धनकुटा सडकखण्ड अवरुद्ध भएको हो।
संखुवासभाबाट विराटनगरतर्फ जाँदै गरेका सांसद खड्का सवार प्रदेश १–०२–००२ च ३५४५ नम्बरको स्कारपियो गाडीलाई विपरित दिशाबाट आउँदै गरेको प्रदेश २–०३–००१ क १५२१ नम्बरको टिपरले साँझ ठक्कर दिएको हो। टिपरको ठक्करबाट सांसद खड्का सवार गाडीको पछाडिको भागमा क्षति पुगे पनि सांसदसहित गाडीमा सवार सबै जना सकुशल रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा टिपरका सहचालक सिरहाका दिपेन्द्र कुसियत घाइते भएका छन्। उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। केहि दिनअघिदेखि दुर्घटनास्थलमा सडकको भित्तामा दुई वटा टिपर पल्टिएर बसेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर