![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/12/InShot_20231203_114038813.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
सिराहा – सिराहा सशस्त्र प्रहरीले सिराहाको बडियारपट्टीबाट स्रोत नखुलेको आठ लाख रकम सहित एक जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ साइकलमा पैसा बोकेर आउँदै गरेको अवस्थामा बरियारपट्टी गाउँपालिका ३ महरा टोलबाट स्रोत नखुलेको आठ लाख रकम सहित बडियारपट्टी २ श्रीपुरका ४२ वर्षीय मोहम्मद फिरोजलाई नियन्त्रणमा लिएको हो ।सशस्त्र प्रहरी बल, नेपाल चेक प्वाईन्टले शंका लागि चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको रकम फेला परेको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ गण सिराहाका प्रमुख एसपी शिव प्रसाद गैरेले जानकारी दिए ।
रुपैयाँसहित नियन्त्रणमा व्यक्तिलार्ई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय माडरमा सिराहामा बुझाइएको जनाएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
भारतीय बजारहरूमा नेपाली ग्राहकले सामान किनबेच गरेर जम्मा भएको रकम नेपाल ल्याएको हुनसक्ने जानकारहरू बताउँछन् । भारतीय बजारमा नेपाली ग्राहकले सामान किन्दा दिएको रकम नेपाली व्यवसायीको नाममा नेपाली बैंकमा खाता खोली भारतीय व्यवसायीले भारतमै एटीएम मार्फत रकम निकाल्ने गरेको व्यवसायीहरू नै बताउँछन् ।