Aamsanchar

अपाङ्गता दिवसको अवसरमा कनकाईमा न्यानो कपडा वितरण

Author Image
आइतवार, मंसिर १७, २०८०

कनकाई: आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा झापाको कनकाई नगरपालिकामा पनि एक कार्यक्रम सम्पन्न भएको छ। ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता ः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाईंरहदा कनकाई नगरपालिकामा पनि कार्यक्रम आयोजना गरिएको हो।

कनकाई अपाङ्गता समावेसी सस्थाको आयोजना प्रदेश सरकारको आर्थिक सहयोग तथा कनकाई नगरको समन्वयमा कार्यक्रम आयोजना गरि नगरमा रहेका सबै वडाका अपाङ्गता भएका दुई दर्जन बढी व्याक्तिलाई जाडो बाट बच्न न्यानो कपडा फाईवरको सिरक डसना , डाईफर लगायतका सामाग्री वितरण गरिएको नगर महिला तथा वालवालिका साखा कनकाईकी प्रमुख टीका खतिवडाले जानकारी दिनुभयो ।

अपाङ्गता समावेसी सस्थाका कनकाईका अध्यक्ष पुस्पलाल घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा नगर उप प्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमका अवसरमा प्रमुख अतिथि शिवाकोटीले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ।उहाँले नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनलगायतको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपाङ्गता भएका व्यक्तिको जीवनस्तर र जीवनयापनमा सुधार हुनसक्ने उल्लेख गर्नु भएको हो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडा न ३ का अध्यक्ष युवराज चौलागाईं , कनकाई उध्योग वाणिज संघका अध्यक्ष तुलसी विमली , रोटरी क्लब कनकाई सुरुङ्गाका अध्यक्ष शिवकुमार कडेल, लाईन्स क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष सन्जय गजुरेल, जेष्ठ नागरिक सघ कनकाई वडा न ३ का अध्यक्ष डिल्लीराम पाठक ,कनकाई छ्ठ स्वेआ समाजका अध्यक्ष विजय शर्मा, जुनियर रेडक्रस उप– साखा सुरुङ्गाका प्रतिनिधि गोपाल उप्रेती लगायतले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनलगायतको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपाङ्गता भएका व्यक्तिको जीवनस्तर र जीवनयापनमा सुधार हुनेमा जोड दिनुभएको थियो। नगर महिला तथा वालवालिका साखा कनकाईकी प्रमुख खतिवडाले औचित्य माथी प्रकाश पारेको कार्यक्रमको स्वागत अपाङ्गता समावेसी सस्थाका कनकाईका कोषाध्यक्ष यसोदा बराल ( सृजना ) ले गर्नुभएको थियोे भने संचालन सस्थाका सदस्य दृस्टीविहिन दिपक पोखरेलले गर्नुभएको थियोे ।

हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरुको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्रमा र विकासमा उनीहरुको समावेशिताका लागि दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि विश्वभर यो दिवस मनाउन थालिएको हो । तर, दिवस मनाइरहे पनि आफूहरुले जीवनयापन उस्तै कठिन भएको अपाङ्गता भएकाहरुले गुनासो गरेका छन् । यस्तै, अपाङ्गतामैत्री संरचना नबन्दा थप कठिनाइ भइरहेको उनीहरुको भनाइ छ ।

दिवसका अवसरमा सरकारले आज अपाङ्गता भएकाहरुलाई सार्वजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर