Aamsanchar

तारानगरस्थित एक घरबाट ३ लाख नगदसहित १२ तोला सुनचाँदीका गरगहना चोरी

Author Image
सोमवार, मंसिर १८, २०८०

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका ४ तारानगरस्थित एक घरबाट नगदसहित सुन चाँदीका गरगहना चोरी भएको छ ।तारानगरका करन बानियाको घरबाट ८ तोला सुनका गरगहना, ४ तोला चाँदीको सामान र ३ लाख नगद चोरी भएको हो । पुजाका लागि पहाड घर डोटी गएका बेला बानियको घरमा चोरी भएको प्रहरीले जनाएको छ ।

सपरिवार बुधबार पुजाका लागि डोटी गएका बेला घरमा आइतबार घरमा पुग्दा चोरी भएको थाहा भएको बानियाले बताए । चोरले घरमा रहेको पुजा कोठाबाट नगद, दराज फोडेर नगद र गरहना चोरी लगेको घरधनी बानियाले जानकारी दिए ।

आइतबार साँझ घर पुग्दा चोरी भएको प्रहरीलाई खबर गरिएको थियो । आज निवेदन दर्तापछि अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर