Aamsanchar

११ लाखमा पोर्चुगल पठाउने आश्वासन दिएर साढे ७ लाख लिएर फरार भएकी सुष्मा पक्राउ

Author Image
सोमवार, मंसिर १८, २०८०

काठमाडौं – पोर्चुगल पठाउने आश्वासन दिएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–४ की ४३ वर्षीया सुष्मा कुमारी खड्का रहेकी छन् ।

प्रहरीका अनुसार उनले राजु शाहीलाई ११ लाख रुपैयाँ लागतमा वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाउने आश्वासन दिएकी थिइन् । उनले पीडितलाई पोर्चुगलमा वेटरको काममा लगाइदिने र मासिक एक लाख २० हजार रुपैयाँ पारिश्रमिक हुने बताएकी थिइन् । त्यसका लागि शाहीबाट उनले सात लाख ५० हजार रुपैयाँ लिएकी थिइन् ।

तर, उनी रकम लिइसकेपछि सम्पर्कविहीन बनेकी थिइन् । उनलाई प्रहरीले सोमबार बानेश्वरबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान तथा कारकाहीका लागि खड्कालाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर