Aamsanchar

पशुपन्छी सम्बन्धी कसुरमा संलग्न झापा प्रहरीकाे नियन्त्रणमा

Author Image
मङ्गलवार, मंसिर १९, २०८०

झापा – प्रहरीले झापाबाट पशुपन्छी सम्बन्धी कसुरमा संलग्न १ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ घर भएका ३० वर्षीय बिरु भन्ने बिर बहादुर दनुवार छन् ।अभियुक्तलाई सोमबार जिप्रका झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले पक्राउ गरेको झापाका डिएसपी ढुण्डिराज गिरीले  बताए । बिर बहादुर दनुवारलाई झापा जिल्ला अदालतले २०७९ चैत २९ मा १ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

पक्राउपछि अभियुक्तलाई जिल्ला अदालत झापाको आदेशले कारागार चलान गरिएको डिएसपी गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)